नयाँ वर्षमा कुमारी बैंकका ग्राहकले आईफोन १५ जित्न सक्ने



काठमाडौं । कुमारी बैंकले नयाँ वर्षमा नयाँ योजना ल्याएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान “नयाँ वर्ष २०८१ जितौ आईफोन १५ एकास्सी” सुचारु गरेको छ ।

यस अभियान अन्तर्गत बैंकका नयाँ तथा पुराना ग्राहकले कुमारी स्मार्ट एप प्रयोग गरी .५०० रुपैयाँको टपअप र कुनैपनि एउटा डाटा प्याक खरिद गर्दा एक भाग्यशाली ग्राहकले आईफोन १५ जित्न सक्नेछन् ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङ्गमा दर्ता गर्न सक्नेछन् । यो अभियानको अवधि वैशाख १ देखि वैशाख ३१ सम्म रहेको छ ।


क्लिकमान्डु