गरिमा विकास बैंकका सीईओ उपाध्यायले लिए सपथ



काठमाडौं । गरिमा विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन् ।

बैशाख १ गते विकास बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल विदाई भएका छन् भने उपाध्याय नियुक्त भएका छन् ।

बैंकमा विगत १५ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका ढकालको कार्यकाल चैत्र मसान्तमा समाप्त भएको बताए ।

२०८० चैत्र १४ गते सम्पन्न सञ्चालक समितिको ३०४औं बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत माधव प्रसाद उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सपथ ग्रहण पश्चात नवनियुक्त सीईओ उपाध्यायले विकास बैंकमा कार्यरत सशक्त युवा जनशक्ति मार्फत संस्थागत सुशासन र अनुपालनालाई पहिलो प्राथमिकतामा राखी विकास बैकलाई थप उचाईमा पु¥याउने तथा सदैब उत्कृष्ट प्रतिफल प्रदान गर्नमा केन्द्रीत रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा विकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले विकास बैंकलाई यो उचाईसम्म पु¥याउनका लागि निवर्तमान प्रमुख कार्यकारी अधिकृतले खेलेको महत्वपूर्ण भुमिका महत्वपूर्ण भएको बताए ।

बैंकको काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।


क्लिकमान्डु