ब्याजदर घटाउनेमा एनआईसी एशिया बैंक अगाडि



काठमाडौं । एनआईसी एशिया बैंकले मुद्दति निक्षेपमा दिने ब्याजदर घटाएको छ ।

२० वटा वाणिज्य बैंकले वैशाखका लागि सार्वजनिक गरेको ब्याजदरमा सबैभन्दा बढी एनआईसी एशिया बैंकले घटाएको छ । बैंकले चैत महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ८.५४ प्रतिशत ब्याजदर दिएको थियो । वैशाखमा ०.७९ प्रतिशत बिन्दुले घटाएर ७.७५ प्रतिशत ब्याज दिने जनाएको छ ।

यस्तै संस्थागत मुद्दति निक्षेपमा ६.७० प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले बचत खातामा ३.६५ प्रतिशत ब्याज दिने जनाएको छ ।

बैंकको आधारदर ९.१३ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १२.१३ प्रतिशतसम्म ब्याज लाग्ने छ । आधारदरमा अधिकतम ३ प्रतिशतसम्म प्रिमियम थपिने छ । बैंकले कर्जाको ब्याजदरमा ११.९९ प्रतिशत फिक्स रेट समेत रहेको जनाएको छ ।


क्लिकमान्डु