अधिकांश बैंकले घटाए ब्याजदर: ५ वटा बैंकको स्थिर, २ वटाले दिन्छन् धेरै



काठमाडौं । वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

अधिकांश बैंकहरुले बैंकहरुले चैत महिनाको तुलनामा वैशाखमा मुद्दति निक्षेपमा दिने ब्याजदर घटाएका छन् । सञ्चालमा रहेका २० वटा वाणिज्य बैंकमा २ वटाले ब्याजदर घढाउँदा ५ वटाले स्थिर राखेका छन् । बाँकी बैंकले भने घटाएका छन् ।

चैतको तुलनामा वैशाखमा बैंकको ब्याजदर औषतमा ०.१८ प्रतिशत बिन्दुले घटेको छ । चैतमा बैंकको ब्याज औषतमा ७.२५ प्रतिशत रहेको थियो । अहिले ०.१८ प्रतिशत बिन्दुले घटेर ७.०७ प्रतिशत रहेको छ ।

ब्याजदर बढाउने बैंकमा एभरेष्ट र एनएमबि बैंक रहेका छन् । एभरेष्ट बैंकले चैतमा ६.५ प्रतिशत ब्याज दिएको थियो । चैतको तुलनामा बैशाखमा ०.५ प्रतिशत बिन्दुले बढेर ७ प्रतिशत पुगेको छ ।

यस्तै एनएमबि बैंकले चैतमा ७ प्रतिशत ब्याज दिएकोमा वैशाखमा ०.९७ प्रतिशतले बढाएर ७.९७ प्रतिशत दिएको छ ।
बैंक ब्याजदर नबढाउने बैंकमा कृषि विकास बैंक, स्टयान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक र हिमालयन बैंकले ब्याजदर घटाएको छ ।


क्लिकमान्डु