समस्याग्रस्त नेपाल सेयर मार्केट्स सञ्चालनको जिम्मेवारी अधिकारीलाई



काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजकमा रोशनकुमार अधिकारी छनोट भएका छन् । नेपाल राष्ट्र बैंकले पटक पटक सूचना जारी गरेर संयोजक खोजेको थियो ।

जसमा आवेदन दिएका मध्येबाट अधिकारी संयोजक चुनिएका छन् । यस्तै प्रकाश घिमिरे र गोविन्दप्रसाद शर्मा वैकल्पिक उमेदवारमा छनोट भएको राष्ट्र बैंकले जनाएको छ । छनोटमा परेका मुख्य उम्मेदवारले नियुक्तिका लागि २०८१ वैशाख २ गतेभित्र राष्ट्र बैंकमा सम्पर्क राख्न सूचना जारी गरिएको छ । उक्त मितिभित्र सम्पर्कमा नआएमा योग्यताक्रम अनुसारका वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिइने राष्ट्र बैंकले जनाएको छ

राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनी व्यवस्थापन तथा सञ्चालनको तयारी गरेको छ । संयोजकको सेवा अवधि एक वर्ष हुनेछ । आवश्यकता तथा कार्य प्रगतिका आधारमा ६-६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिने जनाइएको छ । पारिश्रमिक तथा अन्य सुविधाहरूमा १ लाख २६ हजार ३०० रुपैयाँ हुनेछ । दशैं खर्च वापत एक महिनाको पारिश्रमिक बराबरको रकम प्रदान गरिनेछ भने त्यस बाहेक अन्य कुनै प्रकारको भत्ता प्रदान नगरिने जनाएको छ ।


क्लिकमान्डु