स्टयान्डर्ड चार्टर्ड बैंकको धरान शाखा सञ्चालनमा



काठमाडौं । स्टयान्डर्ड चार्टर्ड बैंक नेपालले धरानमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले आइतबार मुकुमलुङ कम्प्लेक्स रमाइलो चोक धरानमा शाखा उद्घाटन गरेको प्रेस विज्ञप्तिमा जनाएको हो ।

बैंकको नयाँ शाखा १८०० वर्गफुट रहेको तथा ग्राहकका लागी सुबिधाजनक रहेको पनि बैकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका कोशी प्रदेश प्रमुख इन्द्र चम्लागाइ मैनाली, ब्रिटिस गोर्खा नेपालका मेजर मनबहादुर गुरुङ र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गोरख राणाले संयुक्तरुपमा शाखा उद्घाटन गरेको भन्दै बैंकले उक्त शाखाबाट नियमित सेवाबाहेक मोबाइल बैंकिङ र डिजिटल सेवा प्राप्त हुने पनि जनाएको छ ।


क्लिकमान्डु