भोजपुरमा १५ मेगावाटको इर्खुवा खोला ‘क’ हाइड्रोपावर बन्दै, ३६ महिनामा उत्पादनको लक्ष्य



काठमाडौं । भोजपुरमा १५ मेगावाटको इर्खुवा खोला ‘क’ जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

इष्टर्न इनर्जी प्रालिले साल्पासिलिछो गाउँपालिका-४ र ५ मा अवस्थित इर्खुवा खोला र सानु खोलाको पानीलाई उपयोग गरेर नर्माण गर्न लागिएको हो । यो नदी वहाबमा आधारित आयोजना हो ।

आयोजना विस्तृत अध्यन भइसकेको छ । निर्माण अघि बढाउन कम्पनीले विद्युत विकास विभाग समक्ष उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) माग गर्दै आवेदन दिएको थियो । विभागले सार्वजनिक सूचना निकालेर आयोजना निर्माण र सञ्चालन गर्दा प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ ।

आयोजनाका मुख्य संरचनहरु इर्खुवा खोलाको दायाँ किनारमा निर्माण हुनेछन । उत्पादित विद्युत् १३ किलोमिटर १३२ केभी सिंगल सर्किट प्रसारणलाइन निर्माण गरेर सितलपाटी सबस्टेसनमा जोडिनेछ ।

आयोजनाले वार्षिक सरदर ८७.१० गिगावावट वार्षिक सरदर उत्पादन गर्नेछ । निर्माण थालेको ३६ महिनामा पूरा गर्ने लक्ष्य छ ।


क्लिकमान्डु