मुक्तिनाथ विकास बैंकद्वारा धादिङमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्न धादिङको विभिन्न स्थानहरुमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले धादिङको रोराङ्ग गाँउपालिका वडा नं. ५ स्थित श्री सुन्दरदिप महिला विकास बहुदेश्य सहकारी संस्थामा आवद्ध महिलाहरुलाई र थाक्रे गाँउपालिका वडा नं. १० स्थित ठूलोपोखरीका स्थानीय बासीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो ।

उक्त कार्यत्रमहरुमा बैंकिङ्ग कारोबार गर्दा ध्यान दिनुपर्ने विषयहरु, डिजिटल बैंकिङ्ग प्रविधि र बैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमा वित्तीय कारोबार बारे चेतना तथा पहुँच पु¥याउने उद्दश्य बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्यजुनसुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकमझिक्न सकिने व्यवस्था गरेको छ ।


क्लिकमान्डु