एनआईसी एशिया क्यापिटलको भिडियो केवाईसी सेवा संचालन



काठमाडौं । एनआईसी एशिया क्यापिटलले अनलाइनबाट डिम्याट सेवा लिने व्यवस्था मिलाएको जनाएको छ ।

क्यापिटलले डिम्याट खाता खोलेका ग्राहकहरुले भिडियो केवाइसी मार्फत प्रमाणिकरण गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।

क्यापिटलले सम्पूर्ण सेवाहरुलाई प्रविधिको प्रयोग गरी सहज, सर्व सुलभ र झनझट रहित रुपमा डिजिटलाइजड् माध्यमबाट आम ग्राहकरुलाई सेवा प्रदान गर्ने मुख्य रणनीति भए अनुसार क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरु अनलाईन तथा विद्युतीय माध्यमबाट लिन मिल्ने गराएको जनाएको छ ।

भिडियो केवाइसी मार्फत विदेशमा रहेका नेपाली तथा नेपालबाटै ‘एन आई सी एशिया अनलाइन डिम्याट सेवा’ मार्फत डिम्याट खाता खोली प्रमाणिकरण गर्न बाँकी रहेका ग्राहकहरुले डिम्याट खाता खोल्दा उल्लेख गरेको इमेल ठेगानामा क्यापिटलले पठाएको लिङ्क क्लिक गरी इमेलमा माग गरिए बमोजिमको विवरण रीतपूर्वक भरी भिडियो केवाइसी गर्न सक्नेछन् ।
भिडियो केवाइसीगर्दा डिम्याट खातावालाको विवरण डिम्याट खाता खोल्ने समयमा उपलब्ध गराएको विवरणसँग रुजु गरेर मात्र केवाइसी स्वीकृत गरिने छ ।

प्रमाणिकरण गर्न बाँकी रहेका र क्यापिटलबाट भिडियो केवाइसी गर्नको लागि लिङ्क प्राप्त नभएमा अथवा भिडियो केवाइसी सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोवाईल नम्बरहरु ९८४७३४५०९९, ९८४७३४५१०७ र ९८४८८६५२२३ मा सोझै सम्पर्क गर्न सकिने जनाएको छ ।


क्लिकमान्डु