निफ्राले सीईओको लागि विज्ञापन खुलायो, कसले दिन पाउँछ आवेदन ?



CEO – Chief Executive Officer

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न विज्ञापन खुलाएको छ ।

बिहिबार सार्वजनिक सूचना निकालेर सीईओ पदका लागि विज्ञापन खुलाएको हो । इच्छुक योग्यता पुग्ने नेपाली नागरिकले चैत २९  गते ५ बजेसम्म आवेदन दिन सक्नेछन् ।

आवेदन दिनका लागि व्यवस्थापन, बैंकिङ, फाइनान्स, अर्थशास्त्र, कर्मसी, अकाउन्टेन्सी, तथ्याङ, अकाउन्टिङ, गणित, बिजनेस प्रशासन अथवा कानुनमा मास्टर्स डिग्री गरेको हुनुपर्नेछ । अथवा कम्तीमा १० वर्ष अधिकृत तहमा काम गरेको वा बैंकिङ अथवा फाइनान्स सेक्टर, सरकारी निकायहरु, निजी क्षेत्र, विश्वविद्यालय अथवा अन्तर्राष्ट्रिय निकाय वा संस्थाहरु अधिकृतभन्दा माथिल्लो तहमा काम गरेको हुनुपर्नेछ ।  चार्टर अकाउन्टेन्सी (सीए) अथवा ब्याचलर डिग्री व्यवस्थापन, बैंकिङ, फाइनान्स, अर्थशास्त्र, कमर्स,तथ्यांकशास्त्र, अकाउन्टिङ, गणित, बिजनेस प्रशासन तथा कानुनमा गरेको हुनुपर्छ ।

माघ पहिलो साता तत्कालीन सीईओ रामकृष्ण खतिवडाले राजीनामा दिएका  थिए । उनले बैंकले उदेश्य अनुसार काम गर्न नसकेको भन्दै राजीनामा दिएका हुन् । माघ १ गतेदेखि लागु हुने गरी राजीनामा स्वीकृत भएको थियो ।

 ठूला पूर्वाधारमा लगानी गर्ने उदेश्यका साथ बैकको स्थापना भएको हो  । सरकारले नीतिगतमा रुपमा सहयोग नगरेपछि  प्रभावकारी रुपमा बैंकले उपस्थिति देखाउन सकेको छैन ।  


क्लिकमान्डु