एनआईसी एशिया बैंकको मोबाइल एपका १० आकर्षक फिचर



काठमाडौं । आजभोलि मोबाइल एपमा अनेक सुविधाहरु आउन थालेका छन् । बिहान उठ्ने आलर्म, शारीरिक व्यायाम, खाना सन्तुलनदेखि दैनिक कारोबारलाई सहज बनाउने फिचरहरु मोबाइल एपहरु उपलब्ध छन् ।

एनआईसी एशिया बैंकले ल्याएको मोबाइल बैंकिङ्ग एप (मोबैंक) निकै लोकप्रिय छ । बैंकिङ्ग कारोबारलाई पूर्ण डिजिटल प्रविधिमा लैजान प्रयासरत बैंकले अहिले नै आफ्नो ९५ प्रतिशत सेवा डिजिटलबाट गरिरहेको जनाएको छ। एन्ड्रोइड र आइफोनमा उपलब्ध मोबाइल एप (मोबैंक)मा विभिन्न आकर्षक फिचरहरु छन् ।

१. आईपीओ भर्न सकिने

पछिल्लो समयमा शेयर कारोबारप्रति आम ग्राहकहरुको चासो तीव्ररुपमा बढेको छ । डिम्याट खाता खोल्ने र सीआरएन नम्बर लिने ग्राहकको संख्यामा वृद्धि आएसँगै यो बैंकले मोबाइल एपबाट आईपीओ भर्न सकिने सुविधा ल्याएको छ । जहाँबाट एक मिनेटमै आईपीओ भर्न सकिन्छ ।

२. मोबाइल टपअप

बिगतका दिनहरुमा मोबाइल रिचार्ज गर्न पनि पसलमा गएर रिचार्ज कार्ड किन्नुपथ्र्यो । दिनहरु परिवर्तन भइसकेका छन् । हाल सञ्चालनमा रहेको नेपाल टेलिकम, एनसेल बैंकको मोबाइल एपबाटै गर्न सकिन्छ । यतिमात्र होइन डिसहोम लगायतका टेलिभिजनको रिचार्ज र अन्य युटिलिटी पेमेन्ट पनि मोबाइल एपबाटै गर्न सकिन्छ ।

३. कार्डलेस विथड्र

यदि तपाईंसँग एटिएम कार्ड छैन भने के पैसा झिक्न के गर्नु हुन्छ ? चेक खोज्न थाल्नु हुन्छ ? एटिएम मेसिनबाट पैसा झिक्न एटिएम कार्ड नभए पनि हुने भएको छ । बैंकले मोबाइल एपको ‘कार्डलेस विथड्र’ फिचर प्रयोग गरेर एटिएमबाट पैसा झिक्न सक्ने सुविधा यसअघि नै ल्याइसकेको छ । तपाईंले आफ्नो डाटा खोलेर वा अन्य कुनै इन्टरनेट नेटवर्कबाट यस बैंकको मोबाइल एपमा रहेको कार्डलेस विथड्र अप्सन प्रयोग गरेर पैसा झिक्न सक्नुहुन्छ । कार्डलेस विथड्रमा विवरणहरु भरेपछि ओटीपी कोड आउँछ, उक्त ओटिपी कोडलाई एटिएम मेसिनमा हालेपछि अन्य विवरण भरेर सजिलै पैसा झिक्न सकिन्छ ।

४. पैसा पठाउन सकिने

यस बैंकको मोबाइल एपबाट एनआईसी एशिया बैंकभित्र र आफूले चाहेको अन्य कुनै पनि बैंक खातामा पैसा पठाउन र पाउन सकिन्छ । यसमा फन्ड ट्रान्सफर सेवा र आइपीएस ट्रान्सफर सेवा पनि रहेको छ । साथै, क्युआर कोड स्क्यान गरेर पनि पैसा पठाउन सकिन्छ ।

५. फिक्स्ड डिपोजिट गर्न सकिने

बचत खातामा भन्दा मुद्दति खातामा धेरै ब्याज पाइन्छ । यदि तपाईं चाहनुहुन्छ भने बचत खातामा रहेको रकमलाई यस बैंकको मोबाइल एपबाट फिक्स्ड डिपोजिट आफै गर्न सक्नुहुन्छ । तपाईं कति रकम कति समयलाई मुद्दति खातामा राख्ने हो भन्ने उल्लेख गरेर मोबाइल एपबाटै मुद्दति खातामा राख्न सकिन्छ ।

६. ई-कमर्श सुचारु

पछिल्लो समयमा अनलाइन सेवा उपलब्ध गराउने प्लेटफर्म र उपभोगक्ताको संख्या तीव्र बढेको छ । अनलाइन सेवा लिने ग्राहकले अनलाइन पेमेन्ट गर्नुपर्छ । यसको लागि एनआईसी एशिया बैंकको मोबाइल एपबाट आफ्नो डेबिट र क्रेडिट कार्डमा इकमर्श एक्टिभ गर्न सक्नुहुन्छ । आफ्नो कार्डमा ई-कमर्श एक्टिभ गरेपछि मात्र अनलाइन सपिङको लागि भुक्तानी गर्न सकिन्छ ।

७. युटिलिटी बिल पेमेन्ट

आम उपभोक्ताले उपभोग गर्ने खानेपानी, विद्युत, इन्टरनेट, टिभी आदिको बिल तिर्न अब उनीहरुको कार्यालयसम्म धाउनु पर्दैन । यो बैंकको मोबाइल एपमा यस्ता सेवाको शुल्क तिर्न सक्ने सुविधा उपलब्ध गराएको छ । मोबाइल एपको पेमेन्टमा गएर यस्ता धेरै सेवाको शुल्क तिर्न सक्नुहुन्छ ।

८. सातै दिन र चौविसै घण्टा सेवा

ग्राहकहरुको साथ र सहयोगले नै बैंक सञ्चालन हुने भएकाले उनीहरुको लागि जति राम्रो सेवा र सुविधा दिन सक्यो बैंकले उत्ति धेरै प्रगति गर्न सक्छ । यसै मान्यताका आधारमा बैंकले ग्राहकको सेवा सुविधामा कमी नहोस् भनेर सातै दिन चौबिसै घण्टा ‘कस्टुमर केयर’ ग्राहक सेवा उपलब्ध गराएको छ । साथै, बैकले आफ्नो मोबाइल एप, वेबसाइट, भाइबजर वा अन्य सामाजिक सञ्जालबाट चौबिसै घण्टा सेवा उपलब्ध गराइरहेको छ ।

९. रेमिट्यान्सको सेवा

लाखौं नेपालीहरु रोजागरीको शिलशिलामा विदेश पुगेका छन् । विदेशमा कमाएको पैसालाई बैंकिङ्ग च्यानलबाट नेपालमा पठाइरहेका छन् । बैंकले पनि विदेशमा रहेका लाखौं नेपालीहरुलाई स्वदेशमा पैसा पठाउन सहज होस् भनेर रेमिट्यान्स सेवा सञ्चालन गरेको छ । यस बैंकको मोबाइल एप प्रयोग गरेर रेमिट्यान्स पठाउन सकिन्छ, जसले गर्दा एजेन्टसम्म पुग्नु पर्ने लागत र समय कम हुनेछ । अर्को सुविधा भनेको यस बैंकमा खाता नभएका व्यक्तिलाई पनि यस बैंकको मोबाइल एप प्रयोग गरेर रेमिट्यान्स पठाउन सकिन्छ । यसरी पैसा पठाउँदा पाउने व्यक्तिको नाम, मोबाइल नम्बर, ठेगाना स्पष्ट हुनुपर्छ ।

१०. खाता स्टेटमेन्ट

यस बैंकको मोबाइल एपबाट भुक्तानी लगायतका काम सहित ग्राहकले खाता सम्बन्धि विभिन्न कामहरु गर्न सक्छन् । खाताको पूर्णविवरण हेर्न, स्टेटमेन्ट निकाल्न, चेक रिक्वेष्ट, कार्ड रिक्वेष्ट, नयाँ खाता खोल्न, केवाइसी अपडेटदेखि खाता सम्बन्धि अधिकांश काम मोबाइल एपबाट गर्न सकिन्छ ।


क्लिकमान्डु