सेयर बजारमा दोहोरो अंकको गिरावट, उत्पादन तथा प्रशोधन बाहेक सबै उपसूचक घट्यो



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १०.८३ अंकले घटेर परिसूचक २०३०.८६ बिन्दु कायम भएको छ ।

३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता सेयर २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा ५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको घटेको छ । कारोबारमा अधिकांश समूहको उपसूचक घटेको छ ।

बैंकिङ समूहको ६.२१, विकास बैंक ४८.२३, वित्त ३३.६४, होटल तथा पर्यटन ३९.०८, जलविद्युत ९.३६, जीवन बिमा ८१.३१, माइक्रोफाइनान्स २७.३२, निर्जीेबन बिमा ६१.३९ , ट्रेडिङ समूहको उपसूचक ४५.६६ अंकले घटेको छ ।

कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक ६४.०७ बिन्दु कायम भएको छ । कारोबारमा सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस्तै इस्नट हाईड्रोपावर, पिपुल्स पावर, बलेफी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने कालिका लघुवित्त वित्तीय संस्था, सृजनशिल लघुवित्त, उन्नती सहकार्य लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु