प्रभु बैंकको १३० भन्दा बढी शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौं । प्रभु बैंकले ग्लोबल मनी विक–२०२४ मा १३० वटा शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

चैत्र ५ गतेदेखी ११ गतेसम्म बैंकले आफ्ना विभिन्न शाखा मार्फत साताव्यापी रुपैयाँ यो अभियान चलाएको थियो । वित्तीय साक्षरता, साईकल र्याली, बालबालिका र युवालक्षित चेतनामूलक कार्यक्रमहरु तथा प्रभातफेरी आयोजना गरेको बैंकले जनाएको छ ।

बैंकले विभिन्न समुदाय, महिला र बालबालिका, स्कुल तथा कलेजहरुमा आधुनिक बैंकिङ्ग (आर्थिक कारोवार बैंक तथा वित्तीय संस्थाबाट मात्र गरौं), बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनुपर्ने सावधानीहरु समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।

बैंकले आफ्नो आधिकारीक सामाजिक सञ्जालबाट समेत यस सम्बन्धमा सचेतना अभिबृद्धि गर्दै आएको छ । अज्ञात स्रोतबाट प्राप्त लिंक कतै नखोल्न, संंवेदनशिल विवरण शेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहन समेत विभिन्न सूचनाहरु सम्प्रेषण गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सातै प्रदेश अन्र्तगत वित्तीय साक्षरता कार्यक्रम अगाडी बढाएको छ ।

बैंकले ३०२ शाखा कार्यालयहरु, ३१० एटीएम साथै ७१ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा दिँदै आएको जनाएको छ ।


क्लिकमान्डु