एनआईसी एशिया बैंकद्वारा १२ जनालाई बिमा वापत १ करोड २० लाख भुक्तानी



काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत १२ जनालाई १ करोड २० लाख भुक्तानी गरेको छ ।

२०८० असार १८ देखि फागुन १४ गते सम्म घातक रोग बिमा वापत ७ जना र दुर्घटनामा परेका ५ जनासहित १२ जनालाई उक्त रकम भुक्तानी गरेको जनाएको छ ।

बैंकले प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले १ करोड २० लाख बिमा रकम आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बिमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरेको जनाएको हो ।

बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहक तथा उनका परिवारका सदस्यलाई बिमा कम्पनीहरुले प्रदान गरेको उक्त रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको छ ।

बैंकको काठमाडौंस्थित नागपोखरी शाखाबाट खाता खोलेकी रचना गौचन, दैलेखस्थित दैलेख शाखामा खाता खोलेका चक्र बहादुर कटुवाल, रुपन्देहीस्थित राम मन्दिर बुटबल शाखामा खाता खोलेकी पार्वती श्रेष्ठ, रुपन्देहीस्थित सउ फर्सटिकर शाखामा खाता खोलेका पुन्य प्रसाद ढकाल र कास्कीस्थित न्युरोड पोखरा शाखामा खाता खोलेका विजय कुमार गुरुङलाई दुर्घटना बिमा बापत बैंकले चेक हस्तान्तरण गरेको जनाएको छ ।

यस्तै काठमाडौंस्थित कर्पोरेट अफिस शाखामा खाता खोलेकी एलिना न्यौपाने र काठमाडौंस्थित कालोपुल शाखामा खाता खोलेकी निर्मला चापागाँईलाई घातक रोग बिमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले ७० लाख रुपैयाँ प्रदान गरिएको जनाएको छ ।

त्यसैगरी सिराहास्थित मिर्चैया शाखामा खाता खालेका राधेश्याम रजक साफी, पुल्चोक शाखामा खाता खोलेका तेजबहादुर सुवेदी, चितवनस्थित चनौली शाखामा खाता खोलेका गणेश बहादुर गुरुङ, बर्दियास्थित मग्रागढी शाखामा खाता खोलेकी कुमारी रिता भुसाल र बारास्थित कलैया शाखामा खाता खोलेकी कन्हैया लाल चौधरीले दुर्घटना बिमा वापत जनही १० लाख रुपैयाँका दरले ५० लाख रुपैयाँ भुक्तानी गरेको छ । यसका लागि नेपाल इन्स्योरेन्ससँगको सहकार्य गरेको बैंकले जनाएको छ ।


क्लिकमान्डु