हिमाली जिल्लाको आर्थिक वर्ष कार्तिक र मंसिरबाट सुरु गर्नुपर्छ: ज्ञानेन्द्र शाही



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर(ज्ञानेन्द्र) शाहीले हिमाली जिल्लाको आर्थिक वर्ष कार्तिक र मंसिरबाट सुरु गर्न माग गरेका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलमा भाग लिँदै उनले असारमा आर्थिक वर्ष राख्दा विकास निर्माणका नाममा पठाइएको बजेट खर्च नहुने भएकाले कार्तिक र मंसिर महिना हिमाली जिल्लाको आर्थिक वर्ष बन्नुपर्ने बताए । उनले कार्तिक र मंसिर महिना हिमाली जिल्लाको आर्थिक वर्ष भएमात्रै बजेट खर्च गर्न सकिने स्थिति रहेको जिकिर गरे ।

‘म जुम्लाको जुम्ली हो । हिउँ पर्छ जुम्लामा अहिले पनि । जब विकास निर्माणको काम मंसिरबाट सुरु हुन्छ, मंसिर र कार्तिकबाट सुरु हुँदा हाम्रो जुम्लामा हिउँ परेर बस्न हुँदैन,’ उनले भने, ‘ अस्ति भर्खर हिउँ परेको छ । असारसम्म जाँदा बजेट खर्च गर्न पाइँदैन, जति पैसा हालेको भएपनि त्यो खर्च हुन सक्दैन । अब आउने बजेटमा सिंगो नेपालको तराई र पहाड भएको आर्थिक वर्ष असार महिनामा हुन्छ भने हिमाली जिल्लाको आर्थिक वर्ष कार्तिक र मंसिरमा गर्नुपर्‍यो । त्यो भए हामीले खर्च गरेको बजेट चलाउन सक्छौँ ।’


क्लिकमान्डु