माघसम्म बैंकहरुको नाफा साढे ३५ अर्बः नबिल पहिलो, एनआईसी एशिया छैटौं स्थानमा



काठमाडौं । माघ मसान्तसम्म २० वटा वाणिज्य बैंकले करिब साढे ३५ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । यो अवधिमा २० वटा वाणिज्य बैंकले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । अघिल्लो महिनामा नबिलसँगै ग्लोबल आइएमई, एनआईसी एशिया बैंक हुने गर्दथे । अहिले भने एनआईसी एशिया बैंक छैटौं स्थानमा पुगेको छ ।

माघसम्ममा नबिल बैंकले ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नबिलपछि राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने ग्लोबल आइएमई बैंकले २ अर्ब ६८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

चौथो स्थानमा रहेको प्राइम बैंकले २ अर्ब ५४ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने पाँचौ स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ३८ करोड रुपैयाँ, छैटौ स्थानमा रहेको एनआइसी एशिया बैंकले २ अर्ब १४ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । एभरेष्ट बैंकले १ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब ९४ करोड १७ लाख, हिमालय बैंकले १ अर्ब ८३ करोड ७४ लाख, एनएमबिले १ अर्ब ६५ करोड ९७ लाख, कृषि विकास बैंकले १ अर्ब ५७ करोड ३३ लाख, सिद्धार्थ बैंकले १ अर्ब ४१ करोड ८३ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ४० करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यता लक्ष्मी सनराइज बैंकले १ अर्ब ४० करोड ८७ लाख, कुमारी १ अर्ब १२ करोड १९ लाख रुपैयाँ, सिटिजन्स ९९ करोड ७८ लाख, माछापुच्छ्रे ९८ करोड ४ लाख, नेपाल बैंक ९५ करोड ९१ लाख, प्रभु बैंकले ९२ करोड ७६ लाख र नेपाल एसबिआई बैंकले ८५ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।


क्लिकमान्डु