एनआईसी एशिया बैंकले बढायो ब्याज, १७ वटाले घटाउँदा २ वटाको स्थिर



काठमाडौं । वाणिज्य बैैंकले चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् ।

फागुनको तुलनामा धेरै बैंकले ब्याजदर चैतमा घटाएका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर अनुसार फागुनको तुलनामा औषतमा चैतमा ब्याजदर ६.५७ प्रतिशतले बढाएको छ ।

फागुनमा बैंकहरुको ब्याजदर औषतमा ७.७५ प्रतिशत रहेको थियो । चैतमा ७.२४ प्रतिशत रहेको छ । १७ वटा बैंकले ब्याजदर घटाउँदा २ वटाको स्थिर रहेको छ भने एनआईसी एशिया बैंकको भने बढेको छ ।

एनआईसी एशिया बैंकको ब्याजदर फागु्नमा ८ प्रतिशत रहेको थियो । चैत भने फागुनको तुलनामा ६.७५ प्रतिशतले बढेर ८.५४ प्रतिशत पुगेको छ ।

प्रभु बैंक र ग्लोबल आइएमई बैंकले भने फागुनको ब्याजदरलाई नै चैतमा पनि कायम गरेका छन् । फागुनमा प्रभुको ७.५ र ग्लोबलको ७.६ प्रतिशत ब्याज रहेको थियो । चैतमा पनि यही नै कायम हुने छ ।

बैंकले अपेक्षा अनुसार कर्जा प्रवाह गर्न नसक्दा निक्षेपको ब्याजदर सस्तो हुँदै गएको छ । निक्षेपमा सबैभन्दा न्यून ब्याजदर कृषि विकास बैंकको रहेको छ । चैतमा बैंकको ब्याजदर ५.६६ प्रतिशत रहेको छ ।


क्लिकमान्डु