हिमालयन बैंकको गोंगबु शाखा बूढानीलकण्ठमा स्थानान्तरण



काठमाडौं । हिमालयन बैंकले शाखा गोंगबु शाखालाई स्थानान्तरण गरेको छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बूढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाडौंबाट विभिन्न बैंकिङ्क सेवा विस्तार गरेको छ ।

मिति २०८० साल फाल्गुण २७ गते बैंकको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य कर्मचारीहरुको उपस्थतिमा गरेका हुन् ।

यसै गरी बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं. १७ नवलपरमा स्थानान्तरण गरी फागुन २७ गतेदेखि सेवा सुचारु गरेको छ ।

हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटिएम ६,५०० भन्दा बढी पिओएस टर्मिनल र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै बैंकले जनाएको छ ।


क्लिकमान्डु