यी हुन् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ठूला १५ सेयरधनी



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैकको ठूला सेयरधनीमा १५ कम्पनी रहेका छन् ।

गत आवको असार मसान्तसम्म बैंकमा सबैभन्दा बढी हिस्सा राष्ट्रिय बिमा कम्पनीको रहेको छ ।

बैंकमा कम्पनीको २ अर्ब २९ करोड ६७ लाख ७९ हजार ६९२ रुपैयाँ अर्थात ६.७३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
यस्तै बैंकमा महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिको ३.९६ प्रतिशत, छाया इन्भेष्टमेन्टको ३.६८ प्रतिशत, केयूपी इन्भेष्टमेन्टको ३.५१ प्रतिशत, सोफिया इन्भेष्टमेन्टको ३.३३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बैंकमा नागरिक लगानी कोषको १.३२ प्रतिशत, अन्नपूर्ण इन्भेष्टमेन्टको ०.७४ प्रतिशत, सूर्य इनोसिस प्रालिको ०.७४ प्रतिशत, प्रिस्टाइन इन्भेष्टमेन्टको ०.७४ प्रतिशत, कमला इन्भेष्टमेन्टको ०.७० प्रतिशत, नोबेल इन्भेष्टमेन्टको ०.७० प्रतिशत, लोटस इन्भेष्टमेन्टको ०.६५ प्रतिशत, राष्ट्रिय बिमा संस्थानको ०.६४ प्रतिशत, मर्कन्टाइल इन्भेष्टमेन्टको ०.५७ प्रतिशत र सिटिजन युनिट स्किमको ०.५६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु