ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बुक क्लोज कहिले ?



काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ। दुई वर्षको साधारणसभा एकै पटक बोलाएको बैंकले लाभांश घोषणा गरेको हो ।

फागुन २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट ४ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा बोनस ३.८ प्रतिशत र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश रहेको छ ।

कम्पनीले चैत २७ गते बार्षिक साधारण सभा बोलाउने भएको छ । सभा प्रयोजनका लागि चैत ९ गते बुक क्लोज गर्ने भएको छ । चैत ८ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको लाभांश पाउनुका साथै सभामा समेत भाग लिन पाउनेछन् ।


क्लिकमान्डु