लोक सेवा आयोग लुम्बिनी प्रदेशले माग्यो ४३ कर्मचारी



काठमाडौं । लोक सेवा आयोग लुम्बिनी प्रदेशले ४३ कर्मचारी माग गरेका छन् । आयोगले आज सूचना प्रकाशित गर्दै विभिन्न ४३ कर्मचारी माग गरेको हो ।

सूचनाअनुसार आयोगले विभिन्न पदका लागि प्रशासन सेवामा कर्मचारी माग गरेको छ । आयोगले खुलामा सहायक पाँचौमा २४ जना, लेखा सहायकमा ५ जना र आन्तरिक लेखा सहायकमा २ जना, महिलातर्फ सहायक पाँचौं ५ जना र लेखा सहायकमा १ जना, आदिवासी जनजातीतर्फ सहायक पाँचौंमा ४ जना, मधेसी १ जना र दलित १ जना कर्मचारी गरेको सूचना उल्लेख छ।

पहिलो चरणको परीक्षा आगामी वैशाख २९ गते हुनेछ । परीक्षामा सहभागी हुन आवेदकहरुले ५ सय रुपैयाँ दरखास्त दस्तुर बुझाउनुपर्नेछ । थप समहू तथा समावेशी समूहतर्फका लागि प्रत्येक समूहका लागि २ सय रुपैयाँ दस्तुर तोकेको छ ।

आवेदन आगामी चैत १५ गतेसम्म दिन सक्नेछन् । दोब्बर दस्तुरमा चैत २२ गतेसम्म आवेदन दिन सक्ने आयोगले जनाएको छ ।


क्लिकमान्डु