पशुपति आर्यघाटमा शालीनको अन्त्येष्टि, बुबा आमा दुबै आए



काठमाडौं । चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलम मृत भेटिएकी १४ वर्षीया बालिका शालीन पोखरेलको शवको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टपछि उनका बाबुआमा दुवैजनाको उपस्थितिमा मंगलबार दिउँसो शालीनको अन्त्येष्टि गरिएको हो । शालीनका बुवा काठमाडौं र आमा पाकिस्तानीसँग बिहे गरेर दुबईमा बस्दै आएकी छन् ।

केही समयदेखि होस्टलमा बस्दै आएकी शालीनको हत्या भएको दाबी उनका बुवाले गरेका थिए भने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि उनको न्यायको लागि भन्दै दबाब दिएका थिए । उनको बलात्कारपछि हत्या भएको दाबी उनका बुवाको थियो ।

तर त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा उनको मृत्युका कारण बलात्कारपछि हत्या नभएको पाइएको थियो।

यो प्रकरणमा दीपेन्द्रका भाइले जिल्ला प्रहरी कार्यालय, चितवनमा एकता शिशु निकेतनका प्रिन्सिपल बालहरि देवकोटा, भाइस-प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमल पौडेलविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए । अहिले उनीहरूलाई चार दिन म्याद थपेर अनुसन्धान भइरहेको छ।


क्लिकमान्डु