प्रधानमन्त्रीद्वारा पुरानो गठबन्धनका मन्त्रीहरु बर्खास्त



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुरानो गठबन्धनबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेका छन् ।

नेकपा एमाले लगायतका दलहरुसँग गठबन्धन गरेपछि प्रधानमन्त्रीले आज सरकार पुनर्गठन गरेका हुन् ।

आज हितबहादुर तामाङ,पदम गिरी र डोलप्रसाद अर्यालले मन्त्री पदको सपथ लिएका छन् ।

उनीहरुको कार्यभार पछि तोकिने राष्ट्रपति कार्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री दाहालले अहिले २२ वटै मन्त्रालय आफूसँगै राखेसँगै कांग्रेस एकीकृत समाजवादी लगायतका दलबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेका हुन् ।


क्लिकमान्डु