सिटिजन्स बैंकले ९.९९ प्रतिशत ब्याजदरमै घर कर्जा दिने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुबिधाहरु प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार,’ भन्ने नाराका साथ ७ वर्षको लागि स्थिर रहने गरि ९.९९ प्रतिशतमा घर कर्जा योजना सार्वजनिक गरको छ ।

७ वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरभन्दा १ प्रतिशत बढी को प्रिमियम दर लागु हुनेछ । कर्जा रकमको ०.५० प्रतिशत व्यवस्थापन शुल्क लाग्नेछ ।

घर कर्जा अन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड, डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु