मर्जरको अन्तिम तयारीमा रहेका मानुषी र श्रृजनशील लघुवित्त डिमर्जको प्रकृयामा



काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्था ‘डिमर्ज’ मा जाने भएका छन् ।

मर्जरको अन्तिम तयारीमा रहेको मानुषी लघुवित्त र सृजनशीलमध्ये सृजनशीलको वित्तीय अवस्था सन्तोषजनक नभएकाले ‘डिमर्ज’ प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

२०७९ चैत २ गते मर्जरका लागि दुवै संस्थाबिच समझदारीपत्रमा सम्झौता भएको थियो भने पुस ११ गते मर्जरका लागि समझदारीपत्रमा अन्तिम हस्ताक्षर समेत भएको थियो ।

मर्जरका लागि दुवै संस्थाले पुस २८ गते विशेष साधारणसभा बोलाएर मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । सबै प्रकृया सकिएको भएपछि श्रृजनशीलको वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै ‘डिमर्ज’को प्रकृया अघि बढाएका छन् ।


क्लिकमान्डु