नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बोलायो बार्षिक साधारणसभा



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चैत २० गतेका लागि साधारणसभा बोलाएको छ ।

बैंकले सभा बोलाएको भएपनि सेयरनीलाई लाभांश भने नदिने भएको । बैंकले बोलाएको सभाको प्रस्तावमा लाभांशको विषय भने छैन । बैंकले चैत २० गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजे सभा बोलाएको छ ।

सभामा गत आवको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका छलफल हुनेछ ।

सभाले संस्थापकतर्फका ४ जना र सर्वसाधारण २ जना सञ्चालक निवार्चन गर्नेछ । सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ फागुन २३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।


क्लिकमान्डु