हिमालयन रिले बुझायो २० अर्ब पुँजी पुर्याउने योजना, नेपाल रिले माग्यो थप समय



काठमाडौं । पूँजी वृद्धि गर्न नेपाल पूनर्बिमा कम्पनीले नेपाल बिमा प्राधिकरणसँग १५ दिनको थप समय मागेको छ । प्राधिकरणले १७ माघमा पुनर्बिमा कम्पनीले २० अर्ब चुक्ता पुँजी बनाउन १५ दिनभित्र प्रस्ताव पेश गर्नुपर्ने निर्देशन दिएको थियो ।

प्राधिकरणले दिएको समयमा हिमालयन रि इन्स्योरेन्सले योजना पेश गरे पनि नेपाल पूनर्बिमा कम्पनीले भने थप समय मागेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

सरकारी स्वामित्वमा रहेको कम्पनीले सरकारबाट स्विकृती लिएरमात्रै योजना पेश गर्न पाउँछ । कम्पनीमा ४४ प्रतिशत सेयर सरकारको छ । सरकारी स्वामित्व रहेका कारण कम्पनीले सरकारबाट स्वकृती लिएर मात्रै योजना पेश गर्ने पौडेलले बताए ।

‘हिमालयन रि इन्स्योरेन्सले यसैसाता पुँजी बढाउने योजना पेश गरिसकेको छ नेपाल पूर्नबिमा कम्पनीले भने १५ दिनको समय माग गरेको छ’ पौडेलले क्लिकमान्डुसँग भने ।

हिमालयन रि इन्स्योरेन्सले भने हकप्रद जारी गरेर पुँजी वृद्धि गर्ने योजना प्राधिकरणमा पेश गरिसकेको छ । त्यसका लागि २० फागुनमा कम्पनीले साधारणसभा बोलाएको छ ।

कम्पनीले आव २०७९÷८० को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर बितरण गर्ने र त्यस पछि कायम हुने चुक्तापूँजीमा १० सेयर बराबर ८ सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गर्दै छ ।


क्लिकमान्डु