ललिता निवास जग्गा प्रकरण: मन्त्रीलाई सफाइ, कर्मचारी लगायत दोषी ठहर (फैसलाको पूर्णपाठ)



काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा तत्कालीन सरकारका मन्त्रीले सफाइ पाउँदा कर्मचारी दोषी ठहर भएका छन् ।

लगातार २३ दिनसम्मको सुनुवाइपछि विशेष अदालतले बिहीबार ललिता निवास प्रकरणमा फैसला गर्दै तत्कालीन मन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ भने तत्कालीन अख्तियार प्रमुख दीपकुमार बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त लगायतका उच्च सरकारी अधिकारी दोषी ठहर भएका हुन् ।

बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले मन्त्रिपरिषद्को निर्णय सामूहिक हुने भएकाले मन्त्रीहरुलाई दोषी ठहर गर्न नसकिने र कर्मचारीले कानुन विपरित बद्नियत राखेर टिप्पणी उठाएको फैसला गरेको हो ।

भूमिसुधार मन्त्रालयका तत्कालीन मन्त्री चन्द्रदेव जोशी र सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् ।


क्लिकमान्डु