नेपाल प्रहरीमा १ हजार ९५० जनालाई रोजगारीको अवसर, कुन पदमा कति ?



काठमाडौं । नेपाल प्रहरीमा विभिन्न पदमा १ हजार ९ सय ५० जनालाई रोजगारीको अवसर खुलेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले सूचना जारी गर्दै प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगी गरि १ हजार ९ सय ५० जनाका लागि रोजगारी खुलेको जनाएको छ ।

प्रहरी जवान (जनपद) पदका लागि कुल १ हजार ८५६ जनाका लागि जाखिर खुलाइएको छ । यसमध्ये खुल्लातर्फ १ हजार १ जना, अमर तथा अशक्त प्रहरी परिवारबाट पदपूर्ति हुने ३७ जना, महिलामा १६४ जना, आदिवासी जनजातीतर्फ २६१ जना, मधेसीतर्फ २२९ जना, दलिततर्फ १२३ जना र पिछडिएको क्षेत्रतर्फ ४९ जनाका लागि रोजगारी खुलाइएको हो ।

त्यस्तै, प्रहरी कार्यालय सहयोगी (भान्छे) पदमा खुल्लातर्फ २८ जना, अमर तथा अशक्त प्रहरी परिवारबाट पदपूर्ति हुने गरि १ जना, महिलातर्फ ५ जना, आदिवासी जनजातीतर्फ ८ जना, मधेसीतर्फ ७ जना, दलिततर्फ ४ जना गरि ५३ जनालाई रोजगारी खलाइएको छ ।

हजाम पदका लागि ४ जना खुल्ला, १ जना महिला, १ जना आदिवासी जनजाती र १ जना दलित गरि कुल ७ जनाका लागि रोजगारी खुलाइएको छ भने कुचिकारतर्फ ११ जना खुला, १ जना अमर तथा अशक्त प्रहरी परिवारबाट, २ जना महिला, २ जना आदिवासी जनजाती, २ जना मधेसी र २ जना दलित गरि २० जनाका लागि रोजगारी खुलाइएको छ ।

त्यस्तै, प्रहरी कार्यालय सहयोगी (खेलाडी)का लागि ८ जना खुल्ला, महिला २ जना, आदिवासी जनजाती २ जना, मधेसी १ र दलित १ गरि कुल १४ जनाका लागि रोजगारी खुलाइएको छ ।

नेपाली प्रहरीकाअनुसार फाल्गुन २ गतेदेखि फाल्गुन ९ गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु