राष्ट्र बैंकले माग्यो ९ जना सवारी चालक



काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ जना सवारी चालक माग गरेको छ । राष्ट्र बैंकले मंगलबार सूचना जारी गर्दै ९ जना सवारी चालक माग गरेको हो ।

सूचनाअनुसार सवारी चालकका लागि बैंक तथा वित्तीय संस्था वा नेपाल सरकारका निकायमा कम्तिमा १० वर्ष सवारी चालक सम्बन्धी कार्य अनुभव प्राप्त गरेको हुनुपर्ने उल्लेख गरेको छ । त्यस्तै, सरकारको सम्बन्धित निकायबाट कार, जिप र डेलिभरी भ्यानको चालक अनुमतिपत्र प्राप्त गरी नवीकरण भएको हुनुपर्ने जनाएको छ ।

सवारी चालकमा आवेदन दिनका लागि ८ कक्षा उत्तीर्ण भएको हुनुपर्ने छ । आवेदन आगामी फागुनको ८ गतेसम्म पेश गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सवारी चालक परीक्षाको दस्तुर ८ सय रुपैयाँ तोकेको छ । परीक्षा लिखित, प्रयोगात्मक र अन्तर्वार्ता हुनेछ ।


क्लिकमान्डु