पार्टीको सदस्य नरहेकाले आवेदन दिन सक्ने गरि पूर्वाञ्चल विश्वविद्यालयको उपकुपतिका लागि दरखास्त आह्वान



काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदमा नियुक्तीका लागि दरखास्त आह्वान गरिएको छ ।

सरकारले एक सूचना निकाल्दै मंगलबार रिक्त रहेको उपकुलपति पदमा नियुक्तीका नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिबाट स्वीकृत भएको पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरेको जनाएको छ ।

कार्यविधिअनुसार मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्त उपाधि प्राप्त गरेको, प्रचलित कानुन बमोजिम स्थापीत विश्वविद्यालयको प्राध्यापक पदमा नियुक्त भइ सो पदको अनुभव हासिल गरेको, प्रचलित कानुन बमोजिम सार्वजनिक पदमा नियुक्तिको लागि अयोग्य नरहेको, पूर्वाञ्चल विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको र दरखास्त दिनु तत्काल अघि कुनै राजनीतिक दलको सदस्य नरहेको नेपाली नागरिकले आवदेन दिन सक्ने छन् ।

सूचनाकाअनुसार आगामी १५ दिनभित्रमा दरखास्त पेश गर्न सकिनेछ । दरखास्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेश गर्नुपर्नेछ ।


क्लिकमान्डु