क्यापिटल मर्चेन्ट फाइनान्स घोटाला प्रकरणः कर्जा दुरुपयोग गर्ने मन्दिरा केसी पक्राउ



काठमाडौं । १० वर्ष अघि भएको क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स घोटाला प्रकरणमा संलग्न रहेको आरोपमा काभ्रेकी ४५ वर्षिय मन्दिरा केसी प्रक्राउ परेकी छन् ।

मर्चेन्टबाट कर्जा निकाली दुरुपयोग गरेको अभियोगमा केन्द्रिय अनुसन्धान ब्युरोले आइतबार उनलाई पक्राउ गरेको हो ।

२०७१ सालमा तत्कालिन पुनरावेदन अदालत पाटनले केसीलाई कर्जा दुरुपयोग गरि बैकिङ कसुर गरेको आरोपमा ३ वर्ष कैद र ४ करोड रुपैयाँ जरिवानाको फैसला गरेको थियो । त्यसयता फरार रहेकी कार्कीलाई ब्युरोले आइतबार पक्राउ गरेको हो ।

क्यापिटल मर्चेन्ट तथा फाइनान्सबाट कार्कीले आफु सञ्चालक रहेको घराना डेभलपर्स प्रालिको नाममा कर्जा लिएर दुरुपयोग गरेको कसुरमा पक्राउ गरिएको हो ।

झण्डै एक दशकअघि फाइनान्स कम्पनी नै ध्वस्त बनाउने गरि भएको बैंकिङ घोटाला प्रकरणमा मन्दिरासहित झण्डै एक सय प्रतिवादी बिरुद्ध मुद्धा चलेको थियो । जसमा ४४ जना एकै गाउँका थिए । ती मध्ये अधिकांश प्रतिवादी जेलबाट निस्किसकेको अवस्थामा एक दशकपछि कार्की पक्राउ परेकी हुन् ।

२०६८ सालमा राष्ट्रबैंकले ३ अर्ब रुपैयाँ कर्जा अपचलन भएको भन्दै बैंक सञ्चालक र ऋणीबिरुद्ध उच्च अदालतमो मुद्धा दायर गरेपछि घोटाला प्रकरण बाहिरिएको थियो । जसमा अधिकांश ऋणीले नक्कली कम्पनी खडा गरेर कर्जा अपचलन गरेको पाइएको थियो ।


क्लिकमान्डु