क्यासिनो प्यालेसबाट १ करोड विदेशी मुद्रासहित तीन भारतीय नागरिक पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट एक करोड बढी विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा भारतीय नागरिक गुलाब सिंह, रिसब पावा तथा गौरब चोपडा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

उनले भने, ‘क्यासिनो प्यालेसको अण्डर ग्राउण्डमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट एक करोड एक लाख २६ हजार बराबरको विदेशी मुद्रा बरामद गरिएको छ ।’ उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।


क्लिकमान्डु