बैंकक उडन लागेका युवाको २० हजार भाट चोरिएपछि विमानस्थलमा तनाब, शंकास्पद कर्मचारी पक्राउ



काठमाडौं । नेपाल एयरलाइन्सको उडानबाट बैंकक जान लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी भएपछि विमानस्थलमा केही समय तनाब सृजना भएको थियो ।

सुब्बाको थाई भाट चोरी गरेको गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल बायुसेवा निगमको लोडरको रूपमा कार्यरत दैलेख महावु गाउँपालिका–३ हाल काठमाडौं काँडाघारी बस्ने ३५ वर्षीय देव बहादुर सुनार पक्राउ परेका छन् ।

याङ्गहाङले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिए पश्चात सिसिटिभि समेतको अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा देव बहादुरको गतिविधि शंकास्पद देखिएकोले नियन्त्रणमा लिएर अनुसन्धानको क्रममा उनले उक्त थाई भाट चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । उनको शरीर तथा लकर तलासी गर्दा विभिन्न दरका थाई भाट १९ हजार ४ सय समेत बरामद भएको छ ।


क्लिकमान्डु