पहिलो पटक श्री एयरलाइन्सले सुरु गर्‍यो कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि पर्वतीय उडान



काठमाडौं । श्री एयरलाइन्सले नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि पर्वतीय उडान गरेको छ ।

माघ १५ गते श्री एयरलाइन्सको सीआरजे ७०० नाइनएन एएमबी विमानले नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शन का लागि पर्वततीय उडान गरिएको र विमानबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन सफलतापूर्वक सम्पन्न भएको श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले जानकारी दिए ।

नेपाली भूभागबाट यसरी उडान गरिएको यो पहिलो पटक भएको उनको भनाइ छ ।

यस्तो उडानले नेपालगञ्जबाट नेपाली, भारतीय, विदेशी लगायत तथा धार्मिक पर्यटकहरु आकर्षित गर्न सकिने र आर्थिक गतिविधिमा समेत महत्वपूर्ण उपलब्धी हुने सक्ने विश्वास एयरलाइन्सको छ ।

श्री एयरलाइन्स, टेम्पल ट्रिप ग्रुप भारत, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगञ्ज र पथिल होलिडेज काठमाडौंको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान २७ हजार फिट उचाइबाट गरिएको एयरलाइन्सले जनाएको छ ।

क्याप्टेनहरु प्रफुल्ल वैद्य र राजेश श्रेष्ठ नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जना सदस्य लिएर उडान गरिएको हो । ३५ जनाको विइन्डो सिटबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन गर्न सकिने एयरलाइन्सले जनाएको छ ।

नेपालगञ्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौं ल्याई पशुपतिसमेत दर्शन गराउने योजना रहेको एयरलाइन्सले जनाएको छ ।


क्लिकमान्डु