टिमुरे नाकामा आजबाट जाँचपास सुरु



रसुवा । रसुवास्थित टिमुरे नाकामा आजबाट जाँचपास सुरु भएको छ । पुस २३ गतेदेखि बन्द रहेको टिमुरे नाकामा आजबाट जाँचपास सुरु भएको हो । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले आजबाट जाँचपास सुरु भएको जानकारी दिए ।

व्यवसायीले मूल्यांकन प्रक्रियाको बिरोध गरेपछि जाँचपास रोकिएको थियो । अहिले आधा व्यवसायीहरूले जाँचपास सुरू गरेका हुन् ।

भन्सार कार्यालयले जाँचपास गरेपछि फेरि विभागले जाँचपास गर्दै दु:ख दिएकाले बिरोध गर्नु परेको व्यवसायी बुद्धराज बस्नेतले बताए । ‘उहाँहरूले सहजीकरण गर्ने प्रतिबद्धता जनाएपछि जाँचपास सुरु भएको हो’ उनले भने ।

नेपाल चीन सीमाभन्दा करिब डेढ किलोमिटर वर टिमुरेमा रहेको कस्टम यार्डमा अहिले ३१९ गाडी छन् । आज ३० गाडीको जाँचपास हुने सम्भावना रहेको छ ।


क्लिकमान्डु