माईतीघरको निषेधाज्ञा हटाउन माग गर्दै नेविसंघको प्रदर्शन



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठनले माइतीघर मण्डलाको निषेधाज्ञा हटाउन माग गर्दै बिरोध प्रदर्शन गरेको छ ।

आइतबार कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले माइतीघरमा सरकारले लगाएको निषेधाज्ञा हटाउन माग गर्दै बिरोध प्रदर्शन गरेको हो ।

निषेधित क्षेत्रमा बिरोध प्रदर्शन गरेसँगै उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले माईतीघरको निषेधाज्ञा खारेज गर्, अभिव्यक्ति स्वतन्त्रता कामय गर् लगायतका प्लोकार्ड र नारा लगाएर बिरोध प्रदर्शन गरेका थिए ।


क्लिकमान्डु