सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।


क्लिकमान्डु