चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा १ लाख पर्यटक, १० करोड राजश्व संकलन



चितवन । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा १ लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् ।

निकुञ्जमा जङ्गल सफारीमार्फत १ लाख बढी आन्तरिक तथा वाह्य पर्यटकहरुले निकुञ्जको अवलोकन गरेका हुन् । विश्वको वन्यजन्तु जनजीवन अवलोकनका लागि प्रसिद्ध मानिने चितवन राष्ट्रिय निकुञ्ज विदेशी पर्यटकहरुका लागि बढी रुचाइने क्षेत्र पनि हो । यस निकुञ्जमा गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् ।

यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरिश्रृप तथा उभयचर, बसाईंसरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरू रहने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जका वरिष्‍ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा १ लाख बढी पर्यटक निकुञ्ज अवलोकन भ्रमण गरेको बताए।

वरिष्‍ठ संरक्षण अधिकृत पुर्जा पुनले पछिल्लो पाँच महिनामा निकुञ्ज भित्रिएका १ लाख बढी पर्यटकबाट निकुञ्जले १० करोड भन्दा बढी राजश्व संकलन गरेको उल्लेख गरे । उनले चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष ३ लाख बढी विदेशी तथा स्वदेशी पर्यटक आएको बताए । वरिष्‍ठ संरक्षण अधिकृत पुर्जा पुनले गत वर्ष ३ लाख पर्यटकबाट ३० करोड रुपैयाँ राजश्व संकलन गरेको जानकारी दिए । गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमन वृद्धि हुने निकुञ्जको अपेक्षा छ ।

उनले भने, ‘चितवन राष्ट्रिय निकुञ्जको मंसिरसम्मको पर्यटन आगमनको तथ्याङ्क हेर्दा १ लाख बढी पर्यटक प्रवेश गर्नुभएको छ । त्यसमा स्वदेशी तथा विदेशी पर्यटकहरु हुनुहुन्छ । राजश्व आम्दानीको हिसावले चितवन राष्ट्रिय निकुञ्जले १० करोड भन्दा बढी राजश्व संकलन भएको छ । गत वर्ष ३ लाख बढी पर्यटक चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका थिए । जसबाट ३० करोड रुपैयाँ राज्यलाई राजश्वको रुपमा आम्दानी भएको थियो । चितवन राष्ट्रिय निकुञ्ज विश्वमा जन्यजन्तु पर्यटकको लागि प्रसिद्ध छ । जैविक विविधता पनि राम्रो छ । प्रतिकिलोमिटरको क्षेत्रमा वन्यजन्तुहरु अवलोकन गर्नसक्ने अवस्था छ । चितवन राष्ट्रिय निकुञ्ज गैडाँ,बाघ ,अन्य वन्यजन्तु र जङ्गल सफारीमार्फत अवलोकनको लागि आउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज भित्र जङ्गली हात्तीहरुले आतंक मच्चाउने काम गर्छन् । तीनहरुबाट सजक सहज स्थानीयहरुलाई आग्रह गर्ने र हात्ती कुन क्षेत्रमा रहेको छ भन्ने जानकारी लिने यन्त्र नै जडान गरेर निकुञ्जले काम गरिरहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा धुर्बे,रोनाल्डो,मकुना,यमगज र गोविन्दे लगायतका हात्तीहरु बाहिर देखिएका छन् ।’

उनले निकुञ्जमा प्रतिकिलोमिटरको क्षेत्रमा वन्यजन्तुहरु अवलोकन गर्नसक्ने अवस्था रहेको बतए । उनले चितवन राष्ट्रिय निकुञ्ज गैँडा, बाघ, अन्य वन्यजन्तु र जङ्गल सफारीमार्फत अवलोकनको लागि आउने हात्ती कुन क्षेत्रमा छ भन्ने जानकारी लिने यन्त्र नै जडान गरेर निकुञ्जले काम गरिरहेको बताए । उनले चितवन राष्ट्रिय निकुञ्जमा धुर्बे, रोनाल्डो, मकुना, यमगज र गोविन्दे लगायतका हात्तीहरु बाहिर देखिएको बताए ।


क्लिकमान्डु