नेपाल विज्ञापन संघका अध्यक्षमा सुदिप थापा चयन, यस्तो बन्यो कार्यसमिति



काठमाडौं । नेपाल विज्ञापन संघको २४औं वार्षिक साधारण सभाले संघको ११औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको छ ।

पदाधिकारीहरुमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित र सदस्य सात जना निर्वाचत भएका छन् । संघको नवनिर्वाचित अध्यक्ष सुदिप थापाको नेतृत्वमा १४ सदस्यिय कार्यसमिती निर्वाचित भएको छ ।

संघका पदाधिकारी तथा सदस्यहरुले सपथ गरेका छन् । संघको निर्वाचनबाट सवै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको छ र सबै क्षेत्र समेटिएको यो कार्यसमिती तिन वर्षको लागि निर्वाचित भएको छ ।

यस्तो बन्यो कार्यसमिति

१.अध्यक्ष सुदिप थापा
२.प्रथम उपाध्यक्ष उजय शाक्य
३.द्धितिय उपाध्यक्ष पकज लाल प्रधान
४.महासचिव कृष्ण प्रसाद घिमिरे
५.कोषाध्यक्ष साजन श्रेष्ठ
६.सचिव सन्तोष खड्का
७.अरुणकाजी स्थापित
८.रोशन रेग्मि, आरसि
९.सन्तोष सिलवाल गिरी,
१०.दिपेन्द्र पौडेल,
११.विधान राजभण्डारी,
१२.रोशन पौडेल,
१३.मनिस अधिकारी,
१४.प्रभात रिमाल


क्लिकमान्डु