व्यवसायीको पोट्रेट चित्र प्रर्दशनी सकियाे



भारतमा प्रसिद्धि कमाएका चित्रकार भरत सिंहकाे कला प्रदर्शनी शनिबार सकिएको छ ।

पोट्रेट चित्र प्रर्दशनीमा भारतमा प्रसिद्धि कमाएका चित्रकार भरत सिंहले नेपाल आर्ट काउन्सिलमा उद्योगी, व्यवसायी, कलाकार, नेता तथा नेपाली समाजका ख्यातीप्राप्त ब्यक्तिकाे पोट्रेट फोटो प्रदर्शनीमा राखेका थिए ।

विशेषगरी भारतमा बसेर पोट्रेट चित्र बनाउँदै आएका भरतले ओयल पेन्टिङमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, पूर्वअध्यक्षहरु प्रदिप कुमार श्रेष्ठ, पशुपती मुरारका र भवानी राणा, महासंघका पूर्वउपाध्यक्ष किशोर प्रधान, व्यवसायी सिद्धार्थ राणा, राजेन्द्र खेतान, सौरभ ज्योती, राहुल चौधरी, पवन गोल्यान, बैंकरहरु पृथ्वी बहादुर पाँडे, अशोक राणा, किशोर महर्जन, नेपाल होटल संघका अध्यक्ष विनायक शाह, बुद्ध एयरका प्रबन्ध निर्देशक बिरेन्द्र बहादुर बस्नेत, काठमाडौँ महानगरका मेयर बालेन साहलगायतको पाेट्रेट चित्र प्रर्दशनीमा राखेका थिए ।

५ बर्षको उमेरमा मुम्बई पुगेका उनले त्यहि स्टुडियो सञ्चालन गरेर बिगत १६ बर्षदेखि बस्दै आएका छन् ।

उनले यस अघि सन् २०२० मा पनि व्यवसायिक घरानाको चित्र प्रदर्शनीमा राखेका थिए । भरत व्यवसायिक व्यक्ति प्रेरणाको स्रोतको रुपमा रहने हुँदा उनिहरुको चित्र बनाएको बताउँछन् । उहाँहरु पब्लिक फिगरमात्रै होइन प्रेरणादायी व्यवसायी पनि हुनुहुन्छ त्यसैले मैले पोट्रेटका लागि उहाँलाई चयन गरेँ, उनले भने ।

पुस १० गते मंगलबारबाट शुरु भएको प्रदर्शनी शनिबार सकिएकाे छ ।


क्लिकमान्डु