नबिल बैंकले २५ जिल्लामा रहेका गैह्र बैंकिङ सम्पत्ति बिक्री गर्ने



काठमाडौं । नबिल बैंकले विभिन्न २५ जिल्लामा रहेका गैह्र बैंकिङ सम्पत्ति लिलाम गर्ने भएको छ ।

बैंकले आफ्नो स्वामित्वमा रहेका गैह्र बैंकिङ सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवधिमा बोलपत्र मार्फत बिक्री गर्ने जनाएको छ ।

उक्त सम्पत्ति खरिद गर्न चाहने इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संघ संस्थालाई बैंकले तोकेको शर्तको अधिनमा रही आफुले के कति मूल्य तिरी लिन चाहनेको हो त्यो खुलाएर १५ दिन भित्र बैंकको कर्जा असुली विभाग बिजुली बजारमा शीलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ ।

विभिन्न २५ जिल्लामा बैंकको नाममा घर तथा जग्गा रहेको जनाएको छ ।


क्लिकमान्डु