१ वर्षभित्रमा २० हजार नेपाली युरोपेली मुलुक रोमानिया जान पाउने, भिसा स्वीकृत



काठमाडौं । सन् २०२४ मा २० हजार नेपाली रोमानिया जान पाउने भएका छन् ।

गत असोजमा नेपालले द्विपक्षीय श्रम सम्झौता गरेको युरोपेली मुलुक रोमनियामा सन् २०२४ का लागि २० हजार भिसा स्वीकृत भएको श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले जानकारी दिए ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा श्रम सचिव भण्डारीले सन् २०२४ का लागि २० हजार भिसा स्वीकृत भइसकेको बताएका हुन् ।

उनकाअनुसार नेपाली कामदारहरूमा सञ्चारको अभाव हुँदा रोजगारीमा समस्या आएको हो ।

युरोपेली मुलुक रोमानिया नेपाली श्रमिकका लागि आकर्षक र सुरक्षित श्रम गन्तव्य रहेको तथा श्रम बजारको फराकिलो सम्भावना रहेकाले नेपाल र रोमानियाबीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम भएको थियो ।

कामदारको सामाजिक सुरक्षाको हकमा रोमानियामा कार्यरत कुनै पनि आप्रवासी कामदारले रोमानियाका नागरिकसरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने व्यवस्था हुने गरी श्रम सम्झौता गरेको छ ।

सम्झौताले धेरै नेपालीहरूलाई लाभान्वित हुने सरकारको दाबी छ ।


क्लिकमान्डु