फास्ट ट्र्याकको काम द्रुत गतिमा भइरहेको छ: प्रधान सेनापति



काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले फास्ट ट्र्याकको काम द्रुत गतिमा अगाडि बढिरहेको दाबी गरेका छन् ।

बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा उनले अहिले कामले गति लिइरहेको दाबी गरेका हुन् ।

शर्माले हाल भारतबाट विस्फोटक पदार्थ आपूर्ति हुन नसके पनि चीनबाट आपूर्ति भइरहेको जानकारी दिए ।

कोभिड १९ महामारी, खोकनामा जग्गा विवाद लगायतका कारणले आयोजना निर्माणमा ढिलाइ भएको भए पनि अहिले कामले गति लिएको उनको भनाइ छ ।

कोभिडले आयोजनाको काम ४ महिना ढिलो भएको उनले बताए । विस्तृत आयोजना स्वीकृत साढे दुई महिना प्रभावित भएको र रुख कटान र जग्गाको भोगाधिकार गत जेठ देखि रोकिएकोले समस्या परेको उनको भनाइ छ ।

८९ वटा मध्ये ७२ वटा पुलको ठेक्का भइसकेको र बाँकी ठेक्का प्रक्रियामा रहेको उनले सांसदहरुलाई जानकारी दिए ।


क्लिकमान्डु