हिमालयन बैंकले बनायो सेयरधनीको हात खाली



काठमाडौं । हिमालयन बैंकले सेयरधनीको हात खाली बनाएको छ ।

बैंकले यो पटक स‍ेयरधनीलाई लाभांश नदिने भएको हो ।

गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने बैंकले जनाएको छ ।

बुधबार बिहान बसेको बैंकको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।


क्लिकमान्डु