राष्ट्रियस्तरका विकास बैंकले ४ महिनामा कमाए डेढ अर्ब नाफा, मुक्तिनाथ सबैभन्दा अगाडि



काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकले चालु आर्थिक वर्षको चार महिनामा डेढ अर्बभन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार ८ विकास बैंकले १ अर्ब ५४ करोड ५० लाख रुपैयाँबराबर नाफा कमाएका हुन् ।

नाफा कामाउनेमा मुक्तिनाथ विकास बैंक सबैभन्दा अगाडि देखिएको छ । यो बैंकले ३१ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

चालु वर्षको कात्तिकसम्ममा नाफा कमाउनेमा साइन रेसुंगा दोस्रो नम्बरमा छ । साइन रेसुंगा डेभलपमेन्ट बैंकले कुल २५ करोड रुपैयाँ नाफा कमाएको हो ।

यस्तै नाफा कमाउनेहरुको सूचीमा तेस्रोमा गरिमा विकास बैंक छ । यो बैंकले २४ करोड रुपैयाँ नाफा कमाउँदा लुम्बिनी विकास बैंकले १८ करोड १० लाख रुपैयाँ नाफा कमाएको हो । यसबाहेक महालक्ष्मी विकास बैंक र कामना विकास बैंकले १७ करोड १० लाख रुपैयाँ नाफा कमाएका छन् ।

यी दुई कम्पनीको नाफा कात्तिक मसान्तसम्म समान छ । यसैगरी सबैभन्दा थोरै नाफा कमाउनेहरुमा भने ज्योति विकास बैंक र सांग्रिला विकास बैंक रहेका छन् । ज्योतिले यो अवधिमा ११ करोड २० लाख रुपैयाँ नाफा कमाउँदा सांग्रिलाले १० करोड २७ लाख रुपैयाँमात्रै नाफा कमाएको हो ।


क्लिकमान्डु