चीनमा भूकम्प: ११६ जनाको मृत्यु



एजेन्सी । चीनको उत्तर-पश्चिममा सोमबार राति आएको भूकम्पमा परि कम्तिमा पनि ११६ मानिसको मृत्यु भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यका अनुसार भूकम्पमा २२० जना घाइते भएका छन् ।

चीनको कानसु प्रान्तमा स्थानीय समयानुसार सोमबार मध्यरातमा ६.२ रेक्टरस्केलको भूकम्प मापन गरिएइको थियो । यसको प्रभाव छिमेकी चिनखाई प्रान्तमा पनि परेको समाचारमा जनाइएको छ ।

उच्च क्षेत्रमा चिसोकाबीच हजारौं उद्धारकर्मी खटिएका छन् ।

मंगलबार बिहान पनि शिंजियाङ प्रान्तमा दोस्रोपटक भूकम्प आएको थियो । ५.५ रेक्टर स्केल मापन गरिएको उक्त भूकम्पको क्षतिबारे एकिन भएको छैन ।

चीनका राष्ट्रपति सी चिनफिङले कानसु प्रान्तमा उद्धारकार्यको घोषणा गरेका छन् । यो क्षेत्रलाई चीनको सबैभन्दा गरिब क्षेत्रको रुपमा लिने गरिएको छ ।


क्लिकमान्डु