अब क्यूआरमार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्ने सकिने, ग्लोबल आईएमईले गर्‍यो सुरुवात



काठमाडौं । ग्लोबल आइएमई बैंकको अगुवाइमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरिएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुंगानाले क्यूआर स्क्यान गरी प्रथम कारोबारसहित सेवाको संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।

उक्त प्रविधिमार्फत ग्लोबल आइएमई बैंकका भिजा कार्डबाहक ग्राहकले अब फिजिकल कार्डको प्रयोगबिना नै ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत क्यूआर स्क्यान गरी कुनै पनि पेमेन्ट गर्न सक्नेछन् ।

भिजा स्क्यान टु पे एउटा कार्डदेखि व्यापारीसम्मको भुक्तानी सेवा हो । यसबाट कार्ड स्वाइप नगरी आफ्नो स्मार्ट फोनको प्रयोग गरेर भुक्तानी गर्न सकिन्छ ।

कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले बैंकले जारी गरेको यो प्रविधि डिजिटल प्रविधिको विकासमा कोसेढुंगा सावित हुने बताए ।

त्यस्तै ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले बैंक नयाँ-नयाँ प्रविधिको विकास र विस्तारमा सधैँ अग्रणी रहेको दाबी गरे ।


क्लिकमान्डु