एनएमबि बैंकले बोलायो बार्षिक साधारणसभा



काठमाडौं । एनएमबि बैंकले बार्षिक साधारणसभा बोलाएको छ ।

बैंकले पुस २६ गतेका लागि सभा बोलाएको छ । बैंकले सभा प्रयोजनका लागि पुस ६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस ५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालक र सेयरधनीको तर्फबाट ३ जना सहित ५ जना सञ्चालक निर्वाचित गर्ने जनाएको छ ।


क्लिकमान्डु