काठमाडौं-तराई द्रुत मार्गमा रोजगारीको अवसर



काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं-तराई द्रुत मार्गमा रोजगारीको अवसर खुलेको छ । सेनाले सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि रोजगारी खुलाएको जनाएको हो ।

सेनाका अनुसार पुल डिजाइन इन्जिनियर पदका लागि १ जनाका लागि रोजगारी खुलाइएको छ । त्यस्तै, आईटी विज्ञका रुपमा १ जनालाई रोजगारी खुलाइएको छ ।

सहायक सिभिल इन्जिनियर पदमा १ जना तथा सिभिल इञ्जिनियर पदमा केही संख्या रोजगारी खुलाइएको सेनाले जनाएको छ ।

नेपाली सेनाका अनुसार योग्यता पुगेकाहरुले १५ दिनभित्रमा आवेदन दिन रोजगारीका लागि आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु